newskoseli.Com

‘ओभरस्पिड’ सवारी कुदाउने ९४० चालकमाथि ट्राफिक कारबाही

तोकिएको सीमाभन्दा बढी गतिमा सवारी कुदाउने ९ सय ४० सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले गति तोकेर कारबाही थालेको हो ।

जेठ २८ देखि महाशाखाले उक्त नियम लागू गरेर कारबाही गर्दै आएको छ । तीव्र गतिका कारण दुर्घटना बढेको भन्दै दुर्घटना नियन्त्रणका लागि समय तोकिएको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले दिए । ‘कलङ्कीदेखि कोटेश्वरसम्म र भक्तपुर सडक खण्डमा प्रतिघन्टा ५० किलोमिटरभन्दा बढी स्पिडमा चलाउने सवारी साधनलाई कारबाही गर्दै आएका छौं– उनले भने ।

चालू आर्थिक वर्षमा मात्र उपत्यकामा २ सय ३० व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्, जसमा अधिकांश मोटरसाइकल चालक रहेको महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख तथा काठमाडौं उपत्यकामा ९ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर