झापाको गौरादह नगरपालिका– ८, दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह– ८, दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको करेन्ट लागेर बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रतुवामाई– १ का गोल्छा महतोका छोरा रोशन स्थानीय ज्ञानोदय माविमा एलकेजी कक्षामा अध्ययनरत थिए । बालकको शवपरीक्षणका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्ता मेहन्द्रकुमार श्रेष्ठले बताएको खबर राससले प्रेषित गरेको छ ।