newskoseli.Com

बाढीको वितण्डा : ललितपुरमै ६ जनाको मृत्यु, को–को कसरी मरे ?

बिहीबार साँझदेखिको अविरल वर्षाका कारण ललितपुरमा मात्रै ६ जनाको मृत्यु भएको छ । घर भत्किएर, पहिरोमा पुरिएर र बाढीले बगाएर ललितपुरमा ६ जनाको मृत्यु भएको हो ।

घर भत्किएर शुक्रबार बागमती गाउँपालिकास्थित माल्टाका १३ वर्षीय बालक सरोज जिम्बा मृत्यु भएको छ भने शुक्रबार नै नै गोठमा साँझ काम गर्न गएकी ४५ वर्षीया सीता राणाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, पानीको भेल कटाउन जाँदा महांकाल गाउँपालिकाका अबिरल गोलेको मृत्यु भएको छ ।

ललितपुरको महांकाल गाउँपालिकामै माटाको ढिस्काले पुरिएर आमाछोराको मृत्यु भएको छ । ४५ वर्षीया आमा मानमाया लो र १० वर्षीय छोरा सञ्जीव लोको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, कुसुन्तीमा ४९ वर्षीय सुवेश बस्नेत चिप्लिएर खोलामा पुगेपछि खोलाले बगाएर मृत्यु भएको छ । नख्खु खोलाले बगाएर ल्याएको अवस्थामा उनको शव भेटिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर