newskoseli.Com

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त, ४ बजे सपथ

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चर्चित युवानेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् । बुधबार दिउँसो ४ बजे भट्टराईले सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं सत्ताधारी नेकपाका अर्का चर्चित युवानेता रविन्द्र अधिकारीको गतवर्षको फागुन १५ मा ताप्लेजुडमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । त्यसयता खालि रहेको मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए । अब ताप्लेजुङबाटै निर्वाचित नेता भट्टराईले सम्हाल्ने भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर