नख्खु कारागारभित्र बन्दी जीवन बिताइरहेका दुई कैदीबीच शुक्रबार भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।
दिउँसो घाममा बसिरहेका पूर्णबहादुर रादी र पवनकुमार महतोबीच विवाद बढ्दै जाँदा उनीहरूबीच भिडन्त भएको हो ।
विवाद चर्कंदै जाँदा भएको भिडन्तका क्रममा महतोले रादीलाई इँट्टाको ब्लकले प्रहार गरे । महतोको इँट्टा प्रहारबाट रादीको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताएका छन् । महतो र रादी दुवैजना कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका कैदी हुन् ।