newskoseli.Com

घरैमा पार्किङ गरिराखिएको कारलाई कसले बनाइदियो खरानी ?

कैलालीस्थित एक घर अगाडि पार्किङ गरिराखिएको कारमा मा अज्ञात समूहले आगजनी गरेको छ । गोदावरी नगरपालिका– ७, लालपुरका तिलकबहादुर शाहीको घर आगाडि पार्किङ गरिराखिएको कारमा बिहीबार राति आगजनी गरेर ध्वस्त पारिएको हो ।

पार्किङ गरिराखिएको बा १५ च ४०९९ नम्बरको कारमा आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट कार पूरै जलेर नष्ट भएको छ । कसले र किन आगजनी गरेको हो भन्नेबारे बुझ्ने–खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

व्यक्तिगत रिसिबीका कारण घरैमा राखिएको कारमा आगजनी गरिएको हुन सक्ने आशंका उनले गरे । एक स्थानीयवासीले भने बैंकको ऋण छल्ने र बीमा रकम असुल्ने मनशायले कारधनीकै आफन्तद्वारा आगो लगाइएको हुन सक्ने समेत आशंका गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर