त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित प्रहरीले एक चिनिया नागरिकलाई पक्राउ गरेको छ ।
चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयस्थित महानगरीय प्रहरीले पक्राउ गरेको हो । आइतबार राति १०ः५० बजे क्याथी ड्रयागनको उडानमा हङकङबाट काठमाडौं आएका निंछिलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षत्रीले जानकारी दिए ।
उनको साथबाट बिस्कुट आकारको चार हजार ग्राम सुन बरामद गरिएको क्षत्रीले बताए । पक्राउ परेका ती चिनियामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।