newskoseli.Com

‘भड्किलो तीजरहित’ नेपालकै पहिलो वडा !

नेपाली महिलाको महान् पर्व तीज नजिकिँदै गर्दा पोखरा महानगरपालिका– २६ लाई नेपालकै पहिलो ‘भड्किलो तीजरहित वडा’ घोषणा गरिएको छ । ३५ भन्दा बढी आमा समूह तथा महिला सञ्जालको सामूहिक प्रयास र प्रतिबद्धता अनुसार सो वडालाई ‘भड्किलो तीजरहित वडा’ बनाउन सफलता मिलेको दावी वडाध्यक्ष नारायण बरालले गरेका छन् ।

मौलिक पर्वको महिमा हराउँदै गएको र पर्व विकृतिउन्मूख भएकाले तीजका नाममा हुने विकृतिलाई निरुत्साहित गर्न यो कदम चालिएको बरालले बताए । मौलिक तीजका पक्षमा ५ सयभन्दा बढी महिलाले सडकमा निस्केर सामूहिक प्रतिबद्धता जनाएको उनको भनाइ छ । महिला स्वतन्त्रताको पर्व तीजका आफ्नै मौलिक सांस्कृतिक पहिचान भएकाले यसको धार्मिक र सांस्कृतिक पक्ष जोगाउनु आफूहरुको पनि दायित्व भएको महिला सञ्जालकी अध्यक्ष मुरली थापाले बताइन् ।

तीज मात्र नभई दसै–तिहारलगायतका अन्य चाडलाई पनि मौलिक परम्पराअनुसार मनाउने परिपाटीको थालनी गर्नुपर्ने थापा बताउँछिन् । चाडबाड, विवाह तथा उत्सव पनि भड्किलो तरिकाले मनाउने प्रचलनलाई हटाउन सामूहिक छलफल भइरहेको जानकारी उनले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर