newskoseli.Com

नेपालकाे नयाँ नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

संघीयि प्रतिनिधिसभाको बैठकबाट शनिबार नेपालको अद्यावधिक नक्सालाई समेटेर राष्ट्रको निशान छाप परिवर्तन गर्नेगरी ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ एकमतले पारित भएको छ ।

नेपाल सरकारले जेठ ७ मा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका भूभाग समेटिएको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सालाई संसदबाट आधिकारिकता प्रदान गर्दै सोहीवमोजिम निशान छाप परिवर्तन गर्ने निर्णय प्रतिनिधिसभाले गरेको हो । संशोधन प्रस्तावमाथि दफावार छलफलपछि सदनमा निर्णयार्थ प्रस्तुत हुँदा विधेयक सर्वसम्मत पारित भएको हो ।

संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेकामा सबै मत पक्षमा परे र विपक्षमा कुनै मत परेन । २७५ सदस्यीय प्रतिनिधिसभामा २५८ मत खसेर सबै मत संशोधन विधेयककै पक्षमा परेपछि दुईतिहाई भन्दा बढी मतले विधेयक पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

संविधान संशोधन विधेयक तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाई बहुमतबाट मात्रै पारित हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १३७ को उपनियम ९ बमोजिम सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुईतिहाई सदस्यको बहुमतबाट स्वीकृत भएमा विधेयक पारत भएको मानिने व्यवस्थाअनुसार सोही नियमको उपनियम १० बमोजिम मतविभाजन गराइएको थियो ।

‘संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुईतिहाई सदस्यको बहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिने छ’– प्रतिनिधिसभा नियमावलीको नियम १३७ को उपनियम ९ मा उल्लेख छ । त्यसैगरी, उपनियमा १० लेखिएको छ– ‘संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मतविभाजनद्वारा हुनेछ ।’

मतविभाजनमा जानुअघि ५ मिनेटसम्म घन्टी बजाएर बाहिर हुने सांसदलाई सभामा प्रवेश गराइएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा मतदान हुँदा २५८ मत खसेपछि दुईतिहाईभन्दा बढी मतले संविधानकाे दाेस्राे संशोधन विधेयक पारित भएको हो ।

यो पनि पढ्नुहोस्–
यी हुन् नयाँ नक्साको पक्षमा भोट नहाल्ने (गयल) सांसदहरू (नामावलीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर