newskoseli.Com

प्रवक्ता नारायणकाजीलाई असान्दर्भिक विवादमा मुछ्ने प्रयास !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक र असान्दर्भिक विवादमा जबर्जस्त मुछ्ने प्रयास भैरहेको छ । कोरोनाभाइरसको संक्रमण भई हालै नेकपा केन्द्रीय सदस्य, पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएसँगै श्रेष्ठ र लामाबीच ‘लेनदेनको विवाद’ भएको भन्दै यथार्थको विषयान्तर गरी प्रवक्ता श्रेष्ठलाई विवादमा तान्ने प्रयास भैरहेको हो ।
++++            ++++     ++++            ++++

नेता लामाको निधनसँगै एउटा ‘विवादित लेनदेन’ मा नेकपाका प्रवक्ता श्रेष्ठको नाम मुछिएको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । दिवंगत लामा र पत्नी इन्द्रमायाबीच राम्रो सम्बन्ध थिएन । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य) लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाव दिएका छन् ।

आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्रहत्या गर्ने गरी प्रचार भएको प्रवक्ता श्रेष्ठले बताए । ‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौं, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनें, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ– कहींनेर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ’– प्रवक्ता श्रेष्ठले भने । लामाको निधनको दुःखद् खबरबाट आफू मर्माहत भएको प्रवक्ता श्रेष्ठले उल्लेख गरेको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
++++            ++++     ++++            ++++

सत्ताधारी नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रवक्ता श्रेष्ठ प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीका गलत क्रियाकलापविरुद्ध खरो रुपमा उत्रिइरहेका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको बहुमत पक्षमा खुलेर क्रियाशील श्रेष्ठविरुद्ध ठीक यही बेला असान्दर्भिक विषयलाई गलत ढंगले उछालेर बलात् विवादमा धकेल्ने प्रयास निकै रहस्यमय देखिएकाे छ । खासगरी अध्यक्ष ओली निकटका व्यक्तिहरुद्वारा सञ्चालित केही सञ्चार माध्यम तथा उनीहरुका सामाजिक सञ्चालमा याे विषय ‘भाइरल’ बनाउे प्रयास भैरहेको देखिएको छ ।

निजी परिवार, निजी आम्दानी र खर्च, निजी लेनदेन र व्यवहार केही पनि नगरी दशकौंदेखि पार्टीका साथीहरुले नै व्यवस्थापन गरिरहेको ‘कम्युन’ शैलीको संस्थागत सामूहिक परिवारमा बस्ने र व्यवहार गर्ने गर्दै आएका प्रवक्ता श्रेष्ठ यसअघि कहीं–कतै पनि आर्थिक अनियमितता, लेनदेन र भ्रष्टाचारमा मुछिएका छैनन् । पटक–पटक लाभका पद र राज्यका उपल्ला ओहोदामा रहँदा समेत उनको आर्थिक आचरण र व्यवहारमा कहीं–कतै प्रश्न उठेको देखिएकाे छैन । तीव्र आन्तरिक विवादका बेला उनैको पार्टीभित्रकाे एउटा पक्ष श्रेष्ठविरुद्ध काल्पनिक हौवा सिर्जना गरी हात धोएर लाग्नु निकै नै गम्भीर विषय देखिन्छ ।

थप याे पनि पढ्नुहाेस्–
‘नारायणकाजीमाथि अनर्गल आरोप’ : कमानसिंहकी पत्नी इन्द्रमायाको बयान (पूर्णपाठ)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर