newskoseli.Com

वार्ताको तयारी चलिरहेकै बेला विप्लव नेकपा वार्ताटोलीका उच्च नेता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिट पार्टीको वार्ताटोलीका सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट एकाएक पक्राउ परेका छन् । सो पार्टीका सचिवालय सदस्य, अन्तर्राष्ट्रिय विभाग प्रमुख एवं पश्चिम कमान्ड इन्चार्ज समेत रहेका बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही नामका विभिन्न स्तरका अरू नेता समेत पक्राउ परेका छन् ।

सरकारसँग अनौपचारिक वार्ता चलिरहेको र औपचारिक वार्ताको तयारी भैरहेकै बेला वार्ताटोलीकै सदस्य समातिएको भन्दै विप्लव नेकपाका एक नेताले भने– ‘सरकारका मानिसहरुसँग अनौपचारिक तहमा हाम्रा कुराकानी भइरहेका थिए, वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीका तर्फबाट तीन सदस्सीय टोली गठन गरेका थियौं, त्यसमध्येका एक सदस्य गिरफ्तारीमा पर्नुभएको छ ।’

ती नेताले भने– ‘हामीले बनाएको वार्ताटोलीमा यी–यी मान्छे थिए भन्ने कुरा सरकारका मान्छेलाई कुनै न कुनै रुपमा सन्देश पुगिसकेको थियो ।’ कोरोना महाव्याधिपछिको आर्थिक–सामाजिक अवस्था, पछिल्लो राष्ट्रिय राजनीतिक संकटलगायतका कारण सरकारसँग वार्ता गर्न उक्त पार्टी तयार देखिएको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

यी समाचार पनि पढ्नुहाेस्–
विप्लवले आह्वान गरे माघ १० मा नेपाल बन्द : धर्मेन्द्र बाँस्तोलाको गिरफ्तारीविरुद्ध साताव्यापी संघर्ष
संसद विघटन गर्ने ओलीको ‘कदम’ प्रति विप्लव ‘सकारात्मक’ !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर