newskoseli.Com

चन्द माओवादीका नेताद्वारा ‘जनसंविधान’ लागू गर्ने चेतावनी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका एक केन्द्रीय सदस्यले ‘कथित संविधान’ ले निकास निकाल्न नसकेको भन्दै आफूहरुले ‘जनसंविधान लागू गर्ने चेतावनी दिएका छन् ।

पार्टीनिकट अखिल क्रान्तिकारीको नवलपरासी जिल्ला सम्मेलनमा बोल्दै चन्द माओवादीका केन्द्रीय सदस्य चन्दबहादुर चन्दले त्यस्तो चेतावनी दिएका हुन् ।

IMG_8790 IMG_8730 IMG_8702विशिष्ट अतिथिका रुपमा बोल्दै नेकपा माओवादीका केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज चन्दबहादुर चन्दले शैक्षिक क्षेत्रमा देखिएका विकृतिहरुलाई अन्त्य गर्नका लागि विद्यार्थी संगठनले पार्टीको नीतिअनुरुप भूमिका खेल्नुपर्ने बताए । उनले विद्यार्थी संगठन पार्टीको महत्वपूर्ण सहयोगी अङ्ग भएको उल्लेख गर्दै एकीकृत जनक्रान्तिको बाटोमा यो संगठनले खेल्ने भूमिका निकै महत्वपूर्ण हुने बताए । संविधानले देशको निकास निकाल्न नसकेको दाबी गर्दै आफूहरुको घोषणा गरेको जनसंविधानलाई लागू गर्दै अगाडि बढ्ने बताए चेतावनी उनले दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिहंले विद्यार्थीहरुको हकहितका लागि एउटा अर्काे महत्वपूर्ण विद्यार्थी आन्दोलदनको आवश्यकता रहेको बताए । अध्यक्ष सिंहले एकीकृत जनक्रान्तिको भावनाअनुरुप सम्पूर्ण विद्यार्थीहरुले सीपमुलक र वैज्ञानिक जनवादी शिक्षाका लागि दबाब दिनुपर्ने बेला आएको उल्लेख गरे । उनले विद्यार्थीहरुमा नयाँ जागरण पैदा भएको भन्दै सम्पूर्ण विद्यार्थीहरुलाई तयारी अवस्थामा रहनसमेत अपिल गरे । शैक्षिक दलाल, माफिया, भ्रष्टाचारीलगायतलाई कारबाही गर्न समेत मातहत कमिटी र सदस्यहरुलाई निर्देशन दिएका थिए ।

आयोजक समितिका संयोजक शिव डुम्रेको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति चुन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को १५औं नवलपरासी जिल्ला सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कावासोतीमा आयोजित सम्मेलनकै अवसरमा जिल्लाबाट उत्कृष्ट नजिता प्राप्त गर्ने ७ विद्यार्थीहरुलाई नगद र प्रमाणपत्रसहित विशेष सम्मान समेत गरियो ।

ग्रेडिङ प्रणालीअन्तर्गत ३.९ जीपीए प्राप्त गर्ने बालविकास उच्च माविका रोशन सुवेदी, गैंडाकोट नमूना आवासीय माविका प्रदिप पौडेल, अमर इङलिस बोर्डिङ स्कुलका उत्सवकिरण पौडेल, युनिक इङ्लिस बोर्डिङ स्कुलका सन्देश काफ्ले, कुमारवर्ती इङलिस बोर्डिङ स्कुलका निशा शर्मा, न्यु लाइफ उच्च माविका मियाँ गुप्ता, शिव उच्च माविका आरती पौडेललगायतलाई सम्मान गरिएको क्रान्तिकारीले जनाएको छ ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष लालबहादुर तामाङ, क्रान्तिकारी पत्रकार संगठनका लुम्बिनी ब्युरो इन्चार्ज प्रकाश डुम्रे, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि विद्यालय निरीक्ष ऋषिराम शर्मा, शिव उच्च माविका प्राचार्य चुरामणि शर्मा, क्रान्तिकारी महिला संगठन नवलपरासीका संयोजक सिर्जना भुसाल, नेपाल विद्यार्थी संघका सभापति राजेश पौडेल, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) का अन्नत अधिकारीलगायतले शुभकामना मन्तव्य राखे ।

उद्घाटन शत्रलगत्तै सुरु भएको बन्द सत्रले संगठनको उपाध्यक्षमा नयनसिंह खड्का, सचिवमा बलदेव गिरी, सहसचिव राजु भट्टराई, कोषाध्यक्षमा अजय गौतम र सदस्यहरुमा सन्तोष पौडेल, अर्जुन कँडेल, प्रकाश देवकोटा, सीता सुनार, वर्षा तिवारी, मन्जु पाण्डे, रश्मि मल्ल, राजकुमार विष्ट, डासिराम सापकोटा, शिशिर डुम्रे, श्याम सापकोटा गोविन्द पौडेल, बिल क्लिन्टन सन्ज्याल, अनुप कुमाललगायतलाई चुनेको छ । करिव २ सय ५० प्रतिनिधिहरु सहभागी सम्मेलनले बाँकी ५ सदस्य पछि थप्ने निर्णय गरेको छ ।

बन्द सत्रमा समसामयिक प्रतिवेदन प्रस्तुत गर्दै संयोजक डुम्रले समग्र नवलपरासीको विद्यार्थी आन्दोलनलाई उचाईमा पुर्याउन सबैसँग हातमालो गर्दै अगाडि बढ्ने बताए । क्रान्तिकारीका केन्द्रीय सदस्य रामबहादुर वि.क., पार्टीका जिल्ला सेक्रेटरी पदम केसीलगायतले निर्वाचित कमिटीका सदस्य र पदाधिकारीहरुलाई बधाई ज्ञापन गरे । आयोजक समितिका सदस्य नवीनसिंह खड्काले सञ्चालन गरेको कार्यक्रममा राजु भट्टराईले स्वागतमन्तव्य राखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर