newskoseli.Com

अस्थिरताले कृषि बैज्ञानिकहरु बिदेश पलायन : कृषिमन्त्री गजुरेल

कृषिमन्त्री हरिबोल गजुरेलले नेपालमा राजनीतिक अस्थिरताको कारण कृषि बैज्ञानिकहरु बिदेश पलायन भएको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले राजनीतिक अस्थिरताका कारण बैज्ञानिकहरु बिदेश पलायन भएको र राष्ट्रिय सहमतिको सरकार निमार्णसँगै अस्थिरता कमी हुने भन्दै देशलाई आवश्यक परेमा कृषि बैज्ञानिकहरु नेपाल मै काम गर्ने बताएका हुन् ।

बिदेशिन बाध्य भएका युवाहरुलाई स्वदेश मै कृषि क्षेत्रमा काम गरि जीवन जोहो गर्न सक्ने वातावरण तयार पार्न सरकार लागि परेको भन्दै कृषि क्षेत्रमा पेन्शनको समेत ब्यवस्था गरिएको मन्त्री गजुरेलले बताए ।

छिट्टै राष्ट्रिय सहमतिको सरकारको निर्माण हुने भन्दै मन्त्री गजुरेलले जसको नेतृत्वमा भए पनि राष्ट्रिय सरकार अपरिहार्य भएको उनले बताए ।

पुनर्निर्माणको सवालमा सरकारले ढिला सुस्ती गरेको स्विकार गर्दै उनले राजनीतिक दलहरुको साझा अवधारण बनाउने भन्दा पनि प्राधिकरणमा राजनीतिक भर्ती गरेकै कारण काममा ढिला सुस्ती भएको टिप्पणी गरे ।

वर्तमान सरकारकै संरक्षणमा कालो बजारी भएको भन्दा पनि राजनीतिक दलहरुको संरक्षण कै कारण कालो बजारी मौलाएको उनको दाबी छ ।

सरकारले तोकेको समयमा निर्वाचन गर्ने वातावरण तयार भई नसकेको भन्दै उनले मधेश आन्दोलनको जायज माग सम्बोधन गरि तोकेकै समयमा निर्वाचन गर्नु पर्नेमा उनले जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर