newskoseli.Com

संविधानले नेपालमा संघीय गणतन्त्र स्थापितः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले हिमालको उचाइ समान तीब्र रुपमा विकास अघि बढाएको आफ्नो देशले हेर्न चाहेको बताएका छन्।

दुईपक्षीय भ्रमणमा २०७१ भदौमा नेपाल आउँदा उनले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले तयार पारेको ‘नयाँ आयाम नयाँ दिशामा कूटनीतिको दुई वर्ष’ नामक ई–पुस्तकमा राखिएको छ।

हरेक मुलुकसँगको सहकार्य र घटनालाई जोडेर राखिएको उक्त पुस्तकमा नेपालसँगको सम्बन्धसमेत दुई पृष्ठको छुट्टै च्याप्टरका रुपमा छ।

नेपाल भारत सम्बन्ध हिमाल र गंगाको जस्तै पुरानो रहेको मोदीको अभिव्यक्तिसमेत त्यसमा छ। छिमेकीसँगको सम्बन्धलाई जोड दिइएको उक्त पुस्तकमा अफगानिस्तान र भुटानपछि नेपाललाई राखिएको छ। यसलाई परराष्ट्र मन्त्रालयले भारतको सकारात्मक पक्षका रुपमा लिएको छ।

‘असोजमा जारी संंविधानले नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा स्थापित भएको छ। यसैले नेपालको बहुपक्षीय संवैधानिक लोकतन्त्र बलियो हुँदै गएको छ,’ पुस्तकमा उल्लेख छ। कान्तिपुर दैनिकमा समाचार छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर