newskoseli.Com

सामुदायिक विद्यालयतर्फ विश्व निकेतन उत्कृष्ट, प्लस टु तर्फ पनि उस्तै

काठमाडौंको मुटुमा रहेको विश्व निकेतन उच्च मा. वि ले यस वर्षको एस. एल. सी परिक्षा उत्तिर्ण गरेका विद्यार्थीहरुको स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री हेडम्बराज कँडेलले जानकारी गराए ।

उक्त विश्व निकेतनमा करीव १४० जना विद्यार्थी अध्ययनरत छन् र यस वर्ष एस. एल. सी मा २ जना विद्यार्थीले ए प्लस अर्थात ३.९० अंक ल्याएको कुरा उनले बताए ।

जसमा आशिष सापकोटा र सक्षम वाग्ले रहेका छन् । यस वर्षको नतिजाले विद्यालयको ईतिहास मै ठूलो उपलब्धि रहेको उनले उल्लेख गरे ।

२००३ सालमा स्थापना भएको सो विद्यालयमा यो वर्ष १००% विद्यार्थी उत्तिर्ण भए भने १२ जनाले ए प्लस र २८ जनाले ए ल्याएको जानकारी प्रधानाध्यापकले गराए ।

नेपालको ईतिहासलाई हेर्ने हो भने दिनप्रति दिन सामुदायिक विद्यालयको एस. एल. सी. नतिजामा नील हुन थालेका छन् ।

तर सामुदायिक विद्यालय पनि निजी विद्यालय सरह रहेको पुस्टि विश्व निकेतनले गरेको छ र अर्को तर्फ तिर पनि १००% नतिजा निकाल्दै आएको उक्त विद्यालयले २०७२ सालको ज्क्भ्द्य बोर्डमा पनि मानविकी तर्फ १००% , विज्ञान तर्फ ९९% , शिक्षा तर्फ १००% र वाणिज्य तर्फ ९९% ल्याएको कुरा उनले बताए ।

२००३ सालमा स्थापना भएको उक्त विद्यालयको भवन विनाशकारी महाभुकम्पले भवन क्षेतीग्रस्त बनाइदिदा पनि त्रिपालमूनि कक्षा सञ्चालन गर्न बाध्य छ ।

पाल मुनि नै भए पनि विद्यार्थीलाई पढाएर सो विद्यालयले एउटा सामुदायिक विद्यालयप्रति सकारात्मक धारणा झन उजागर मात्र गरेको छैन निजी विद्यालयतर्फ चुनौति पनि दिएको छ ।

विश्व निकेतन विद्यालयको बिगतका पाना पल्टाउने हो भने गौरव महसुस गर्न सकिन्छ । जुन संख्याले नर्सरी देखि ९ कक्षासम्म अँग्रेजी र नेपाली दुबै माध्यमबाट अध्यापन गराइरहेको छ जसमा ६५ जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् ।

आज कुल विद्यार्थी ३ हजार जना रहेका छन् । नेपालको ४ पटकसम्म अर्थ मन्त्रि भएका डा. रामशरण मशत , डा. प्रकाशशरण महत पनि यसै विद्यालयका विद्यार्थी हुन ।

पूर्व त्रि.वि उपकुलपति केदार भक्त माथेमा त्यस्तै नैना शाक्य , विराज मर्हजन , कृति भट्टराई पनि यस विद्यालयका विद्यार्थीहरुको रुपमा चिनिन्छन ।

स्व. श्री कृष्ण श्रेष्ठ पनि यस विद्यालयका विद्यार्थी हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर