newskoseli.Com

प्रधानमन्त्रीले कांग्रेसलाई थर्काए- ‘मैले नेपालीमै बोलेको छु, कसरी बुझिएन ?’

प्रमुख दलहरुबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीको प्रतिवद्धता नआएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा कांग्रेसका सांसदहरु उठे र प्रधानमन्त्रीको सम्बोधन प्रष्ट नभएको भन्दै विरोध गरेका थिए । सभामुख ओनसरी घर्तिको आग्रहपछि कांग्रेस सांसदहरु बसे र फेरि बोलेका प्रधानमन्त्रीले भने, ‘मैले त नेपालीमै बोलेको छु, कसरी बुझिएन ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै कांग्रेस सांसदहरुले उठेर विरोध गरे र प्रधानमन्त्रीले केहिबेर बोल्न पाएका थिएनन् । सभामुख घर्तीको आग्रहपछि कांग्रेस सांसदहरु बसे र प्रधानमन्त्रीले बोल्न सुरु गरे ।

प्रधानमन्त्री ओलीले बरु प्रमुख प्रतिपक्षको कुरा आफूले नबुझेको तर्क गरे । ५० हजारमा १ लाख थपेर डेढ लाख पुर्‍याउने सहमति भएको तर, अन्तराष्ट्रिय दातासँग सहमति गर्नुपर्ने उउनले बताए । उनले भने, ‘फेरि भएन भनेको के हो ?’ ‘म आग्रह गर्न चाहन्छु, हामीले समस्या अनावश्यक ढंगले बल्झाउने होइन ।’

सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले भूकम्प पीडितहरुका लागि पहिलो किस्ता डेढ लाख बनाउन सकिने बताए । बाँकी रकम घर निर्मामाणको निरीक्षण गरेर उपलब्ध गराउन सकिन्छ । ‘तर, सहमति भयो भने…’ भन्ने शब्द प्रयोग भएपछि कांग्रेस सांसदहरु अलमलमा परे । सभापति शेरबहादुर देउवाले सांसदहरुतिर फर्किएर मुखामुख गरेका थिए ।

यसअघि आज सत्तारुढ र प्रमुख प्रतिपक्षी दलवीच अवरुद्ध सदन फुकाउने विषयमा सहमति जुटेको थियो  । कांग्रेसले उठाएको मागप्रति प्रधानमन्त्री ओलीले आज संसद बैठकलाई सम्बोधन गर्ने र भूकम्प पीडितलाई दिने रकमबारे वचनवद्धता जनाउने सहमति भएपछि अवरोध हटेको हो बताईएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख र दुई प्रतिशत ब्याजदरमा रु १५ र २५ लाख दिनुपर्ने मागका विषयमा सहमति भएपछि अवरुद्ध सदन सुचारु भएको हो । । सो माग पूरा गराउन नेकाले सदन अवरुद्ध गराउँदै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर