newskoseli.Com

रोपाइँ दिवस : सरकार भन्छ– भात मात्रै नखाऊ

काठमाडाैं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रोपाइँ गरी बुधबार १३औं राष्ट्रिय धान दिवस मनाइयाे । ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ खाद्यसङ्कट उत्पन्न हुन नदिन भातबाहेक अन्य खाद्यान्नलाई पनि खानाका रुपमा प्रयोग गर्न सुझाउँदै उक्त दिवस मनाइएको हो ।

कृषि विकास मन्त्रालयका अनुसार धानखेती हुने करिब १५ लाख हेक्टर क्षेत्रफलमध्ये असार १५ सम्म १८ प्रतिशत रोपाइँ भइसकेको छ । तराईमा ७० प्रतिशत, पहाडमा २६ तथा हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । मन्त्रालयका अनुसार आ.व. २०७२/७३ मा करिव १४ लाख हेक्टरमा ४३ लाख मेट्रिक टन धान उत्पादन भएको छ ।

धानविज्ञ भोलामानसिंह बस्नेतले बिहान–बेलुकी नै खानामा भात खाने बानीमा सुधार गर्दै गहुँ, फापरको रोटी, आलुलाई खानामा समावेश गर्न सके नेपालमा चामलको अभाव नहुने दाबी गरे । कृषकले बीउ तथा मल छनोटमा ध्यान पुर्याए अहिलेभन्दा २० प्रतिशत बढी धान उत्पादन गर्न सकिने उनको भनाइ छ ।

सन् २०३० सम्म वार्षिक साढे ६ लाख मेट्रिक टन धानको माग हुने भएकाले त्यसको आपूर्तिका लागि कम्तिमा पनि १६ प्रतिशत धान उत्पादनमा वृद्धि गर्नुपर्ने हुन्छ । पछिल्लो १० महिनामा नेपालले १८ अर्ब ८६ करोड रूपैयाँको चामल आयात गरेको छ ।

यसैगरी बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भ्रातृसङ्गठन राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन नेपालले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा धान रोपाइँ कार्यक्रमको आयोजना गर्याे ।

उक्त कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बा, राज्यमन्त्री विक्रमबहादुर थापा, सहायकमन्त्री दिनेश श्रेष्ठ, सङ्घीय मामिला र स्थानीय विकास सहायकमन्त्री रेशम लामालगायतको उपस्थिति रह्याे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर