newskoseli.Com

काठमाडौं-चीन बस चल्ने

सरकारले काठमाडोंबाट चीनको ल्हासासम्म सीधा पर्यटक बस सञ्चालन गर्ने सहमति गरेको छ ।

नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार भएको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सीधा बस सेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार नेपाल र तिब्बतबीच पर्यटन प्रवर्धन र विकास गर्ने विषयमा दुवैको एकमत रहको छ ।

सीधा बससेवा सञ्चालन गर्ने एजेन्डामा १० वर्ष अगाडि नै समझौता भएको विषयम भए पनि यसलाई कार्यान्वयन गर्ने उपयुक्त मोडालिटी तय भएको थिएन ।

अहिलो उपयुक्त मोडालिटी तय गर्ने र दुवै पइाबाट आवश्यक तयारी गरेर बस सञ्चालन गर्ने भनिएको छ ।

तयारीका लागि जति छिटो गर्न सक्यो उति नै चाँडो बस सञ्चालन हुन सकने गरी सहमति भएको पनि ढकालले जानकारी दिए ।  अन्नपूर्ण पोष्टमा समाचार छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर