newskoseli.Com

उपेन्द्रको अडानले सरकार र मोर्चाबीचको वार्ता विफल

संघीय गठबन्धनलाई छुट्टै पत्र नपठाएको भन्दै संयोजक उपेन्द्र यादवले वार्तामा नजाने अडान राखेपछि सरकार र मोर्चाबीचको वार्ता असफल भएको छ ।

प्रधानमन्त्रीले दोस्रो पत्र पठाएको एकहप्ता बितिसक्दा पनि वार्ता हुन सकेको छैन । गठबन्धनले काठमाडौको खुलामञ्चमा अनसन जारी राखेको छ ।

गठबन्धनका संयोजक यादवले गठबन्धन आन्दोलनमा रहेकाले समस्या समाधानका लागि वार्ता पनि गठबन्धनसंग नै गर्नु पर्ने बताएका छन् ।

उनले मधेसी मोर्चा पनि संघीय गठबन्धनमै रहेकाले वार्ता गठबन्धनसँग गर्नुपर्नेमा जोड दिए ।

अलग अलग बार्ता गरेर समस्याको समाधान ननिस्कने तर्क गर्दै उनले सरकारले बार्ताबाट समस्याको समाधान गर्न चाहेको हो भने संघीय गठबन्धनसँगै गरेर निकास निकाल्नुपर्नेमा जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर