newskoseli.Com

शिक्षामन्त्रीबाट घटनाको छानबिन गर्न निर्देशन

 शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ललितपुरको टौखेलस्थित पर्खाल भत्किँदा दुई विद्यार्थीको मृत्यु र केही घाइते भएको घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।

घटनास्थल अवलोकन र अस्पतालमा उपचाररत घाइते विद्यार्थीको अवस्था बुझेपछि मन्त्री पोखरेलले अस्पतालबाटै शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई टेलिफोन गरी सो निर्देशन दिएका हुन् ।

ललितपुरको टौखेलस्थित पुष्पाञ्जलि बोर्डिङ स्कुल नजिकै रहेको पर्खाल भत्किँदा दुईजना विद्यार्थीको मृत्यु भएको थियो । घाइते २६ मध्ये चारको अवस्था गम्भीर छ ।

घाइते विद्यार्थीलाई पाटन अस्पताल र बिएन्डबी अस्पतालमा उपचार गराइएको छ । साँझ ती अस्पताल पुगेका मन्त्री पोखरेलले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

मन्त्री पोखरेलले गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई पनि फोन गरी घटनालाई गम्भीरतापूर्वक हेरिदिन आग्रह गरेको उनक प्रमुख स्वकीय सचिव जागृत रायमाझीले जानकारी दिए ।

अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल भत्किएर बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर