
दुई दिनदेखि अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट दार्चुलामा सात घरपरिवार विस्थापित हुनुका साथै दुई जनाको पहिरोमा परी मृत्यु हुनुका साथै एकजना घाइते भएको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइँकेलले जानकारी दिए ।
उनले भने ‘विस्थापितलाई तत्कालका लागि राहत सामग्री पनि पढाएका छाैँ । ’ । त्यसैगरी बिहीबारदेखि पहिरोका कारण अवरुद्ध रहेको बैतडी–दार्चुला सडकखण्डको अवरोध हटाउने कार्य पनि जारी रहेको छ ।
पहिरोको बिस्थापित तथा जोखिम रहेका बस्तीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको भइरहेका छन् ।
पहिरोकै कारण दार्चुलाको जौैलजीवी प्रहरीचौकी भवनमा क्षति पुगेको छ । चौकीमा कार्यरत प्रहरी तथा बन्दोबस्तीका सामान सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शङ्करपुर, ग्वानी, भगवती, दत्तु, डाँडाकोट, सर्माेली, खरकडा, लाली, रिठाचौपाता, बोहरीगाउ, गोकुलेश्वरलगायतका गाविस पहिरोको चपेटामा परेका छन् ।