newskoseli.Com

अब शिक्षामा ट्रेड युनियनवाद र राजनीति मान्य हुँदैन : शिक्षामन्त्री

Minister for Education Giriraj Mani Pokhrel speaking at a programme in Itahari of Sunsari district on Sunday, January 17, 2016. Photo: RSS

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ट्रेड युनियनवाद र राजनीतिका नाममा शिक्षा क्षेत्रलाई लथालिङ्ग बनाउने कार्य भइरहेको ले यो कुरा अब मान्य नहुने बताएका छन् । सिरहाको धनगढीमाई नगरपालिका– ५ तीनकोनीस्थित जनता माविको मावि तह उद्घाटन तथा विद्यालय भवन उद्घाटन कार्यक्रममा आज सम्बोधन गर्दै उनले शिक्षकहरू राजनीतिक दलमा बस्ने, विद्यालय नजाने अनि विद्यालयलाई लथालिङ्ग बनाउने कार्य रोक्न ऐन ल्याइएकाले नयाँ शिक्षा ऐनलाई आधार बनाएर सबै अघि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, “नयाँ ऐनले शिक्षक कुनै दलको कार्यसमितिमा बस्न नपाइने व्यवस्था गरेकाले तत्कालै शिक्षकले दलको कार्यसमितिबाट स्वेच्छिकरूपमा राजीनामा दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्नुपर्छ ।” यसका लागि शिक्षक सङ्घ/सङ्गठनले पनि सघाउनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।

नयाँ शिक्षा ऐनले शैक्षिक बेथितिको अन्त्य गर्दै शिक्षा क्षेत्रमा परिवर्तन र सुधारको योजना अघि बढाउने उल्लेख गर्दै उनले विद्यालयहरू अब नयाँ ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए ।

सरकारले आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क गरिसकेको र माध्यमिक शिक्षालाई पनि त्यस्तै गर्ने तयारी गरिरहेको बताउँदै उनले विद्यालयका प्रअ ज्येष्ठताका आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्त हुने व्यवस्था गरिएको जानकारी दिए।

कार्यक्रममा जिशिअ महेन्द्र महतोले विद्यालय सुधार कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालयको सहयोगमा विद्यालयमा मावि तह पठनपाठनका लागि नयाँ भवन बनाउन लागिएको बताए ।

विसं २०२८ मा स्थापित सो विद्यालयले गत वैशाखदेखि मावि तह सञ्चालनका लागि स्वीकृति पाएको छ । कुल रु. ३२ लाखको लागतमा निर्माण हुने सो विद्यालय भवन निर्माणको काम यसै वर्षभित्र सम्पन्न हुने विद्यालयका प्रअ युगेश्वर राउतले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर