newskoseli.Com

ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको छः मन्त्री पाण्डे

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकार परिवर्तनको विषयमा बाहिर हल्ला चले जसरी भित्र कुनै कुरा नभएको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा एमाले नेता समेत रहेका मन्त्री पाण्डेले भने, ‘सरकार परिवर्तनको विषयमा बाहिर जस्तो सत्तारुढ गठबन्धनमा कुनै चर्चा छैन । यही सरकारले चुनाव गराउँछ, ढुक्क हुनुस् ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको दाबी गर्दै उनले भने,’ यस्तो उत्कृष्ट बजेट कहिल्यै आएको थिएन । पुनर्निर्माणका सबैखाले कामलाई अगाडि बढाएको छ, मुलुकको स्वाभिमान जोगाउने काम गरेको छ, पारवहन सुविधाको थप खोजी गरेको छ ।’ जलविद्युत लगायत बिकास निर्माणकाे काममा याे सरकार लागिपरेकाे उनकाे भनार्इ थियाे ।

मुलुकको हितमा हुने मधेसी मोर्चाका मागलाई सरकारले बार्ताबाट सम्बोधन गर्ने उनले स्पष्ट पारे । मन्त्री पाण्डेले भने,’मधेसी मोर्चा र संघीय गठबन्धनवीच नै अन्याेल छ कोसँग बार्ता गर्ने नगर्ने भन्नेमा । सरकार बार्ताबाट समाधान गर्न तयार छ ।’

काँग्रेसलार्इ प्रतिपक्ष नै ठिक

कार्यक्रममा कांग्रेस नेता रमेश लेखकले ओली नेतृत्वको सरकार निर्विकल्प नभएको दाबी गर्दै आफ्नो दलका नेतृत्वमा सरकार बने सबैलाई मिलाएर लैजाने दाबी गरेका छन् । तर, कांग्रेस अहिले प्रभावकारी प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्ने पक्षमा रहेको उनले बताए । सरकार परिवर्तन र यसकाे नेतृत्व काँग्रेसले लिने भन्ने हल्ला निराधार रहेकाे उनकाे भनार्इ थियाे ।

सरकारको काम सन्तोषजनक रहेन

सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमसेर राणाले राष्ट्रिय एजेण्डालाई अगाडि बढाउने सवालमा सरकारको काम सन्तोषजनक नरहेको बताएका छन् ।  ‘मुलुकको समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ’ उनले भने–जसकाे नेतृत्वमा सरकार गठन भएपनि मधेशि लगायत समस्या समाधान गर्न सक्षम सरकार अावश्यक छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर