newskoseli.Com

आर्टमान्डुमा सोइनमको परिचर्चा

कवि एवं समाजसेवी बिकु लामाको पुस्तक सोइनमको परिचर्चा कार्यक्रम सम्पन्न भयाे । राजधानीको ठमेलस्थित आर्टमाण्डु क्याफेमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टाहरूले ‘सोइनम’ पुस्तकभित्रका विषयवस्तु र विकु लामाका लेखनबारे चर्चा गरे ।

समीक्षाका क्रममा साहित्यकार ज्ञानु अधिकारीले पुस्तकलार्इ ‘जंगलमा फूलेको स्वतन्त्र फूल’ को संज्ञा दिँदै बिकुको लेखनकलाबारे प्रशंसा गरिन् । ‘पुस्तक कुनै एक विषयवस्तुमा सीमित नभर्इ फरक–फरक विषयवस्तु समेटिएकाले अध्ययन यात्राभर सबै किसिमका पाठकलार्इ आनन्दको अनुभुति दिलाउँछ’ समीक्षाका क्रममा अधिकारीले भनिन्– पुस्तकभित्र प्रयोग भएका उपशीर्षकहरूले पाठकलार्इ पढ्न अभिप्रेरित गरेको छ ।

8

पुस्तकभित्रका उपशीर्षकहरू आकर्षक रहे पनि धेरै उपशीर्षकहरू हुनु, पुस्तकमा पारिवारिक नामहरू बढि जोडिनु, पात्रहरूको नाम धेरै ठाँउमा दोहोरिनु लगायतका केही कमजोर पक्ष रहेपनि समग्रमा पुस्तक उत्कृष्ट रहेकाले पाठक निराश हुनु नपर्ने समीक्षक अधिकारीको भनाइ रहेको थियो ।

‘सोइनम प्रकृतिसँग रमाएको पुस्तक हो’ प्रा.डा. लक्ष्मण गौतमले भने– मातृभाषाको शब्द सोइनम अर्ग्यानिक हो, समग्रमा ‘सोइनम’ पुस्तक अर्ग्यानिक हो, मातृभाषाका विकासले अन्ततः नेपाली साहित्यको विकास हुन्छ ।

2

नेपाली साहित्यमा बिकु लामाको उपस्थिति सुखद् रहेको टिप्पणी गर्दै साहित्यकार श्रीओम श्रेष्ठले भने– नेपाली संस्कृतिभित्रको टिपिकल शब्दको प्रयोग भएको पुस्तक सोइनमले अन्ततः नेपाली साहित्यको श्रीवृद्धि गर्ने छ ।

बिकु लामाको साहित्य र समाजसेवा एकसाथ अगाडि बढेको छ, उनको समाजसेवामा मेरो साथ–सहयोग सधैं रहन्छ स्रष्टा मधु पाठकको भनाइ थियो ।

3

‘साहित्यमा भाषाको विषेश महत्व रहने भएकाले भाषा सम्पादनमा ध्यान दिनुपर्छ’ साहित्यकार तुलसीहरि कोइरालाको आग्रह थियो ।

साहित्यकार फुलमान बलले पुस्तकका बारेमा चर्चा गर्दै नेपाली साहित्यका लागि ‘सोइनम’ नयाँ नाम भएको बताए ।

‘साहित्य सिर्जनामा विभिन्न विधा र विधि हुन्छन्, एक विधाको प्रयोगमा एउटा पुस्तक तयार हुन्छ’, लेखक एवं समाजसेवी बिकु लामाले भने– ‘सोइनम कुनै एकविधा वा विषय वस्तुमा आधारित पुस्तक नभएर धेरै विधा र विधि प्रयोग भएकाले यसलार्इ नियात्रा–उपन्यास भन्न सकिन्छ ।’

4

साहित्य र समाजसेवा एकअर्कामा परिपूरक भएको आफ्नो भनुभव रहेको बताउँदै लामाले जीवनका दुःखसुखको भोगाइले समाजसेवामा लाग्न अभिप्रेरित गरेको बताए ।

सोइनमको प्रथम संस्करणको बिक्रीबाट आएको रकमले काभ्रे, दाप्चाको एक विद्यालयमा ‘सोइनम पुस्तकालय’ स्थापना गरेको र काभ्रेका करिव २ सय १९ विद्यालयमा पुस्तकालय स्थापना गरिसकेको जानकारी दिए ।

5

परिचर्चा कार्यक्रममा साहित्यकारहरू टंक उप्रेती, राजेश खनाल, किशोर घिमिरे, सुमन सौरभलगायतले पुस्तक र लेखकका बारेम चर्चा गरेका थिए ।

सोइनम बुक्सकोआयोजनामा कवि एवं साहित्यकार छविरमण सिलवालद्वारा सञ्चालित उक्त कार्यक्रम प्रा.डा. लक्ष्मण गौतमको प्रमुख आतिथ्य तथा आर्टमान्डु क्याफेका सञ्चालक अमृत गुरूङको सभापतित्वमा सम्पन्न भएको थियो ।

7

6

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर