newskoseli.Com

दसवर्षे विकास योजना बनाअाैं : गगन थापा

दसवर्षे विकास योजना बनाअाैं : गगन थापा

अमेरिकामा रहेका नेपालीको सबैभन्दा पुरानो संस्था एएनएको जर्जिया राज्यको एटलान्टामा भएको ३३औँ अधिवेशनमा सञ्चालित फोरममा नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले तराईको समस्या र भारतीय नाकाबन्दी पृथक् विषय भएको बताउँदै नाकाबन्दी अन्यायपूर्ण कार्य भएको धारणा राखे ।

नेता थापाले देश विकासका लागि १० वर्ष पछि के गर्ने भनी अहिलेदेखि नै हामीले योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले प्रवासमा रहेका नेपाली चाहे अमेरिका, युरोप, अस्ट्रेलिया जहाँ भए पनि सबैलाई देश विकासका लागि साझेदार बनाउँदै लैजानुपर्ने विचार राखे ।

विकासका लागि जागरुक नागरिक आवश्यक : रविन्द्र अधिकारी

सोही फोरममा आफ्नो मन्तव्य राख्ने क्रममा अर्का युवा नेता तथा सांसद रवीन्द्र अधिकारीले एकपटक भोट हालेर चुप लागि बस्नेभन्दा सदैव जागरुक नागरिक आजको आवश्यकता छ भन्दै देश विकासको अभियानमा सबैलाई जागरुक हुन अनुरोध गरे ।

युवा नेता अधिकारीले नेपालको विकासका लागि योजनाबद्ध विकास बनाएर देश विदेशमा भएका सबैलाई विकासको अभियानमा समाहित पार्दै लैजानुपर्ने आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपालमा भूकम्प गएको समयमा नेपालीले पुर्याएको सहयोगको स्मरण गराउँदै सहयोग गर्न सकिने अन्य क्षेत्रको समेत पहिचान गरी अघि बढ्नुपर्ने बताए ।

अाइतबार सुरु भएको ३ दिने सम्मेलनमा विभिन्न फोरम र खेलकुद कार्यक्रमसमेत समावेश भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर