newskoseli.Com

विष्ट मुक्त, लामा नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई पदमुक्त गरेका छन् ।

राप्रपा नेपालले हालै मात्र पार्टी नेता विष्ट पार्टीकाे नीति विरूद्ध क्रियाकलाप गरेकाले उनलार्इ सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । राप्रपा नेपालको आग्रह अनुसार प्रधानमन्त्री ओलीले सहायकमन्त्री विष्टलाई पदमुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले राप्रपा नेपालको सिफारिसमा विष्टको स्थानमा रेशम लामालाई सहायकमन्त्री नियुक्त गरेका छन्। अहिले साढे ४ बजे सपथ कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर