
पत्नी आरजु राणाको उपचारका लागि भारत गएका नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा स्वदेस फर्किएका छन् । पत्नी आरजुको हरियाणास्थित फोट्जी अस्पतालमा हिप रिप्लेसमेन्ट सर्जरी गरेर उनी स्वदेस फर्किएका हुन् ।
भारत बसार्इकाे क्रममा देउवाले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भएको भेटका बारेमा संचारकर्मीले राखेको जिज्ञासामा भारतले नेपालको समस्या आपसमा मिलेर समाधान गर्नुपर्छ भन्ने चाहेको र भेटमा यसै विषयमा कुरा भएको बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत प्राप्त सरकारलार्इ काँग्रेसले ढाल्न नसक्ने र तत्कालै कांग्रेस सरकारमा नजाने अडान राखेका थिए ।