newskoseli.Com

प्रायोजित संविधानसभाले अधिकार खोस्यो : तिलक परियार

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तिलक परियारले वर्तमान संविधानले दलितका अधिकार खोसेको आरोप लगाएका छन् । ‘प्रायोजित संविधानले बनाएको अहिलेको संविधानमा त्यसअघि व्यवस्था गरिएका दलित अधिकार समेत कटौती गरिएको’ परियारले जिकिर गरे ।

दलित अध्ययन केन्द्रले शनिबार राजधानीस्थित संवाद डबलीमा आयोजना गरेको एसएसलीमा उत्कृष्ट दलित विद्यार्थी सम्मान तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता परियारले यस्तो जिकिर गरेका हुन् ।

दलितप्रति असहिष्णु समुदाय नै अहिले पनि सत्तामा रहेको बताउँदै परियारले भने– ‘प्रायोजित संविधानसभाबाट बनेको संविधानले दलितका अधिकार खोसेको छ । २०६८  सालमा गरिएको दलित अधिकारसम्बन्धी ड्राफ्टलाई समेत यसले खाइदिएको छ ।’

अहिलेको व्यवस्थापिका–संसदले दलितलाई अधिकार दिन नसक्ने ठोकुवा परियारले गरे । ‘यो संसदले दलितलाई अधिकार दिनेवाला छैन । दलितले अधिकार लिन फेरि पनि संघर्षको विकल्प छैन’ उनको भनाइ छ ।

दलितअधिकारसम्बन्धी धाराहरुमा ‘कानुनबमोजिम हुने’ भनेर झुक्याउने काम गरिएको बताउँदै परियारले सम्पूर्ण दलित समुदायलाई यसबारे स्पष्ट हुन आग्रह गरे ।

‘दलितलाई अधिकार दिने विन्दुमा पुग्दा कानुनबमोजिम हुनेछ भनेर लेख्नु घातक छ किनभने तिनै असहिष्णु समुदाय नै सत्तामा छन् । उनीहरु कानुन बनाउनै चाहँदैनन्, कानुनबिना कहाँबाट मिल्छ अधिकार ?’ परियारले प्रश्न गरे ।

Dalit Samman2२०६८  मा गरिएको दलित अधिकारसम्बन्धी ड्राफ्टमा दलितलाई केन्द्रमा ३ र प्रदेशमा ५ प्रतिशत सहभागितासहितको विशेषाधिकार व्यवस्था गरिएकोमा वर्तमान संविधानले हटाएको उनले बताए ।

त्यसको ठाउँमा ‘समावेशी र समानुपातिक’ शब्द राखेर राज्यले सदियौंदेखि पछाडि पारिएका दलितलाई झनै पछाडि पार्ने काम गरेको उनको दुःखेसो छ ।

जातिविशेषको अहंकारकै कारण दलितलाई निजामती सेवामा मन्त्रालयमा सचिव बनाउन रोक्ने काम भइरहेको उनले बताए । ‘कानुनमै कमजोर समुदायलाई बढी कानुन लाग्ने गरेको’ भन्दै उनले त्यसलाई चिर्न दलितहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

०७२ को एसएलसीमा उत्कृष्ट स्थान हासिल गर्ने दलित छात्र–छात्रालाई बधाई तथा शुभकामना दिँदै संविधानमा हासिल भएको उपलब्धि धर्मनिरपेक्षता भएको उनले बताए । देशभरका धेरैजसो दलित क्रिश्चियन भइसकेको पनि उनले उल्लेख गरे ।

कार्यक्रममा दलित अध्ययन केन्द्रले उत्कृष्ट स्थान हासिल गरेका ४२ दलित विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित छात्र–छात्राहरुमा सरिस्मा सुनार, पूर्णिमा शाही, सुस्मिता सुनार, सन्देश छिनाल, मनिषा परियार, कञ्चन रम्तेल, निकेश पुर्कुटी, बनिता सुनार, विशाल सुनार, प्रभा बस्याल, शिला बस्याल, सञ्जु विक, विकल्प गतराज छन् ।

त्यसैगरी राजकुमार विक, रश्मि परियार, सविता सुनार, आशिष सुनार, सावित्री सुनार, मनोज परियार, अभिषेक गौतम, सुस्मिता विक, ममता परियार, रोहितकुमार विक, विनिता परियार, निता रम्तेल, सबुविक्रम नेपाली, नवराज नेपाली, सन्देश विक, सुस्म मगराती, विशाल सुनार, सगुन राउत परियार, बिना विक, सदीक्षा बस्याल, सुजन नेपाली, सुरज घिमिरे, नमूना सुनार, सुस्मा बिसुंखे, अस्मिता बोगटी र स्वस्तिका दुलाल सम्मानित भए ।

कार्यक्रममा बोल्दै अनिता परियार, राजेश नेपाली, राम नेपाली तथा दलित अध्ययन केन्द्रका अध्यक्ष बुद्धि नेपालीलगायतका दलित अगुवाहरुले उत्कृष्ट स्थान हासिल गरी उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर