newskoseli.Com

पहिरोले थुन्यो तमोर नदी : वस्ती जोखिममा

ताप्लेजुङको सावादिन गाविस– १ मा पर्ने मित्लुङ भन्ने भीरबाट पहिरो खसेर तमोर नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका ३ वटा बजार जोखिममा परेका छन् ।

अाइतबार बिहान करिब २ बजेतिर माथिबाट पहिरो खसेर नदी थुनिएपछि नजिकैको मित्लुङ बजार, दोभान बजार, हान्द्रुङलगायतका तल्लो तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् ।

स्थानीयवासी बाढी आउने खतराले त्रसित भएका छन् । सो क्षेत्रबाट अझै पनि पहिरो खस्न सक्ने सम्भावना रहेकाले थप खतरा रहेको स्थानीयवासीले बताएका छन् । अहिले थुनिएको नदीले केही भाग कटान गरी पानी बगिरहेको भए पनि खतरा कायमै रहेको जनाइएको छ ।

नदी थुनिएको खबर पाउनासाथ प्रहरीको टोली सो क्षेत्रमा पुगिसकेको छ भने यहाँस्थित नयाँ रणभीम गुल्मबाट नेपाली सेनाको टोली पनि जाने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले बताएको छ ।

तमोर नदी आसपासका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको प्रहरीले जनाएको छ । विगतको तुलनामा नदीमा पानीको बहाव पनि बढेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । सो क्षेत्रमा रहेको जीवन लाबुङ र दिलबहादुर लाबुङका दुई वटा घर डुबानमा परेका छन् भने जीवन लाबुङकै एक हल गोरु नदीले बगाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर