newskoseli.Com

प्रदेशका मुख्यमन्त्री र प्रमुखहरूले कति खाँदैछन् तलब ?

सरकारले सङ्घीय प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारणका लागि गृहकार्य सुरु गरेको छ । मन्त्रिपरिषद्को अाइतबारको बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी विधेयक तर्जुमा गर्नका निम्ति सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता शेरधनराईले जानकारी दिए ।

चीनलाई गैँडा उपहार

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारलाई २ जोडी वयस्क गैँडा उपलब्ध गराउने निर्णय गरेको छ । चीन सरकारको आग्रहमा वन तथा भूसंरक्षण मन्त्रालयले गैँडा उपलब्ध गराउन लागेको हो ।

प्राकृतिक प्रजनन, अध्ययन, अनुसन्धान संरक्षण र शिक्षा प्रवर्द्धनका लागि २–२ भालेपोथी उपलब्ध गराइने सूचना तथा सञ्चारमन्त्री राईले बताए ।

त्यस्तै सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (सुनसरी) लाई विशिष्ट स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक यान्त्रिक औजार खरिद गर्न २० करोड रूपैयाँ थप पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले नेपाल कानुन आयोगकाे अध्यक्षमा पूर्वसचिव माधव पौडेललाई नियुक्त गर्ने तथा इन्जिनियरिङ क्लस्टरबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

नेपाली सेनाका १० प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरी पदस्थापन गर्नुका साथै १६ महासेनानी दर्जाका अधिकृतलाई विभिन्न एकाइमा सरुवा गर्ने निर्णय समेत भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर