newskoseli.Com

निर्वाचन आयोगमा नयाँ शक्ति दर्ताको आवेदन

बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । नयाँ शक्तिका संयोजक डा। भट्टराईलगायतका नेता आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।

पार्टी दर्तापछि संयोजक भट्टराईले सञ्चारकर्मीलाई नयाँ शक्तिले मुलुकमा हुन लागिरहेका ३ वटै निर्वाचनमा पहिलो स्थान हासिल गरेर मुलुकको नेतृत्व गर्ने दाबी गरे ।

‘सरकारमा पुगेर राज्यको नेतृत्व गर्ने हाम्रो अभिष्ट छ, आगामी डेढ वर्षभित्र स्थानीय निर्वाचन, प्रदेशको निर्वाचन र केन्द्रीय निर्वाचन हुन्छन्’, उनले जिकिर गरे– ‘ती ३ वटै निर्वाचनमा हामी सहभागी हुन्छौं ।’

संयोजक भट्टराईले आफ्नो दल नेपालमा रहेका पुराना सबै पार्टीभन्दा फरक विशेषता भएको पार्टी भएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर