newskoseli.Com

आयोजकलाई हराउँदै युरोकप उपाधि पोर्चुगलको पोल्टामा

अतिरिक्त समयमा एइडरले गोल गरेपछि आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जित्न सफल भएकाे हाे ।

सोमबार बिहानकाे राति भएको फाइनलमा पोर्चुगलले आफ्ना स्टार कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा चाेट लागेकाले खेल मैदानबाट बाहिरिनु परेकाे थिए ।

तर, एइडरको गोलको मद्दतमा घरेलु टोलीलाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोपियन महादेश च्याम्पियनकाे विजेता बनेको हो। उसका जितका लागि १०९ औं मिनेटमा एइडरले निकै लोभलाग्दो गोल गरेका थिए।

फ्रान्सले खेलमा केही सुन्दर मौका खेरा फालेको थियो । उसका स्टारम्यान एन्टोनी ग्रिजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोके भने गेनियाकको प्रहार पोष्टमा लागेको थियो ।

समूह चरणका सबै खेल हारे पनि तेस्रो स्थानमा रहेको उत्कृष्ट टिमका रुपमा नकआउट चरणमा पुगेको २००४ को उपविजेता पोर्चुगलले नभन्दै याे पटक उपाधिमाथि कब्जा जमाएको हो।

केही तस्विरहरू

36246A9800000578-3683538-image-a-19_1468186558851

36246ACD00000578-3683538-image-a-22_1468187288452

2390519_w1

607136815_MH_6809_FB37D92A797290A70E50663878608528_3545

607136815_LB_0121_F3DF2433912F86E64F20D31C3DADC469_3545

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर