newskoseli.Com

‘डा. केसीका मागको लोकतान्त्रिक सम्बोधन खोज’

Dr Govinda KC speaks with media before he begins the fast-unto-death demanding various reforms in Nepal medical education sector, in Kathmandu, on Sunday, July 10, 2016. Photo: RSS

आइतबारदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागबारे समाजमा तीव्र क्रिया–प्रतिक्रिया उत्पन्न हुन थालेका छन् । यसै सिलसिलामा मानवअधिकार तथा शान्ति समाजले डा. केसीका मागलाई लोकतान्त्रिक र विधिसम्मत ढङ्गले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।

“सत्याग्रही डा. केसीले आमरण अनशन प्रारम्भ गर्ने घोषणा गरेपछि उनले अघि सारेका मागका सन्दर्भमा समाजमा बहस हुनु र पक्ष-विपक्षमा विचारहरू प्रवाहित हुनु स्वाभाविक हो, तर उनका मागलाई सम्बोधन गर्नुपर्छ”–समाजका महासचिव उत्तम पुडासैनीद्वारा साेमबार जारी विज्ञप्तिमा भनिएको छ ।

चिकित्सा शिक्षामा सुधारका ४ बुँदे माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीले आइतबारदेखि ८अाैं पटक अनशन सुरु गरेका हुन् ।

डा. केसीका मागप्रति सहमत-असहमत दुवै पक्षले मर्यादाको सीमा नाघेर अप्रिय र अस्वस्थ्य आरोप, प्रत्यारोप लगाउनु नहुने समाजको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर