newskoseli.Com

राष्ट्रपतिले नियुक्त गरिन् प्रधान न्यायाधीश र प्रमुख निर्वाचन आयुक्त

राष्ट्रपतिले सोमबार सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश एवम् कामु प्रधान न्यायाधीश सुशीला कार्कीलाई सर्वेच्च अदालतको प्रधान न्यायाधीश पदमा नियुक्त गरेकी छन् । कार्की नेपालको इतिहासमै प्रथम महिला प्रधान न्यायाधीश भएकी छन् । त्यसैगरी राष्ट्रपति भण्डारीले सोमबारै डा. अयोधीप्रसाद यादवलाई निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयले न्युजकोसेलीलाई सम्प्रेषण गरेको विज्ञप्तिमा भनिएको छ– ‘असार २७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका वरिष्ठतम माननीय न्यायाधीश श्री सुशीला कार्कीज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा र नेपालको संविधानको धारा २४५ को उपधारा ९२० बमोजिम संवैधानिक परिषद्को सिफारिसमा डा। अयोधी प्रसाद यादवज्यूलाई प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्त गर्नुभएको छ ।’

Election Commissionerविज्ञप्तिमा अगाडि भनिएको छ– ‘राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा आजै सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री सुशीला कार्कीज्यूले र सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सम्माननीय प्रधान न्यायाधीशज्यूसमक्ष नवनियुक्त माननीय प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवज्यूले आ(आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।’

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय सभामुखज्यू, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू, व्यवस्थापिका(संसदका विपक्षी दलका नेता माननीय शेरबहादुर देउवाज्यू, सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, माननीय महान्यायाधिवक्ताज्यू, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीज्यूहरु, सुरक्षा निकायका प्रमुखज्यूहरु लगायत अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर