newskoseli.Com

ठग्ने ‘ठूला’ विद्यालयमाथि कारबाही गर्ने निर्देशन

तोकेको भन्दा बढी शुल्क लिने विभिन्न निजी (संस्थागत) विद्यालयलाई कारबाही गर्न सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई शिक्षा विभागले निर्देशन दिएको छ ।

शुल्क व्यवस्थापन तथा अनुगमन केन्द्रीय समितिको निर्णयानुसार शिक्षा मन्त्रालयअन्तर्गतका सहसचिवको नेतृत्वमा उपत्यकाका १८ संस्थागत विद्यालयको शुल्क, छात्रवृत्ति, पाठ्यपुस्तक र जनशक्ति व्यवस्थापनमा केन्द्रित भई अनुगमन गरिएको प्रतिवेदनले अनियमितता देखाएका विषयका आधारमा कारबाही गरिने भएको हो ।

विभागका महानिर्देशक खगराज बरालका अनुसार सम्बन्धित विद्यालयलाई कारबाहीका लागि सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई निर्देशन गरिएको छ । अनुगमनमा काठमाडौँका बृहस्पति, ग्यालेक्सी, अक्सिडेन्टल, त्रियोग, सिद्धार्थ बनस्थली, ह्वाइट फिल्ड, काष्ठमाण्डप र होली भिजन, ललितपुरका रातो बङ्गला, आइडियल मोडल, डिएभी सुशील केडिया, शुभतारा, जेम्स स्कुल, लिटल एञ्जल, युनाइटेड र प्रिमियर तथा भक्तपुरका मातृभूिम र राजर्षि गुरूकुल छन् । विभागले ती विद्यालयलयलार्इ हुने कारबाहीको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।

जिल्ला शिक्षा कार्यालय काठमाडौँ अन्तर्गतका शुल्क विवरण समयमा पेस नगर्ने ४३ विद्यालयलाई १ हजार रूपैयाँ जरिवानासहित पत्राचार गरिएकामा १० विद्यालयले १ हजार जरिवानासहित शुल्क प्रस्ताव पेस गरेको र शुल्क विवरण बुझाउन बाँकी ३३ विद्यालयलाई २५ हजार रूपैयाँ जरिवानासहित शुल्क प्रस्ताव पेस गर्न भनी पत्राचार गरिएको छ ।

यस्तै ललितपुरमा दुई तिहाई अभिभावकबाट शुल्क अनुमोदन गरी जिल्ला शिक्षा कार्यालयमा पेस गर्ने काम भइरहेको र शुल्क प्रस्ताव नै पेस नगर्ने ९ वटा विद्यालयलाई ३ हजार रूपैयाँका दरले जरिवाना गरिएको छ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली सङ्कलन भइइरहेको र अनुमति लिएका तर निरन्तर सञ्चालनमा नरहेका २४ विद्यालय पहिचान भएको तथा विद्यालय अनुगमन कार्य निरन्तर भइरहेको छ ।

भक्तपुरमा संस्थागत विद्यालयलाई शिक्षा ऐन, नियमावली र शुल्क निर्धारण मापदण्डबमोजिम शुल्क व्यवस्थापन गर्न निर्देशन दिइएको, राजर्षि गुरूकुल र मातृभूमि विद्यालयलाई अनियमित शुल्क लिएको विषयमा स्पष्टीकरण सोधिएको विभागका उपसचिव प्रमोद शर्माले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर