newskoseli.Com

दिल्ली जाँदै गरेको यात्रुबस भारतमा दुर्घटना

नेपालबाट नयाँ दिल्लीतर्फ जाँदै गरेको यात्रुबस भारतको उत्तर प्रदेशमा पर्ने बहराइच जिल्लामा दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । दुर्घटनामा ३०  घाइते भएका छन् ।

साेमबार राति ट्रकसँग ठोक्किएर बस दुर्घटना भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । दुर्घटनास्थल बाँकेको नेपालगञ्जबाट ६० किलोमिटर टाढा पर्दछ ।

दुर्घटनाग्रस्त बस नेपालको कुन ठाउँबाट छुटेको हो भन्ने स्पष्ट खुलेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर