newskoseli.Com

माओवादी केन्द्र सरकारबाट हट्यो : अल्पमतमा पर्‍यो ओली सरकार

नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलार्इ मन्त्रीपरिषदबाट फिर्ता बोलाएको छ । माओवादी केन्द्रको यो दकमसँगै केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

माओवादी केन्द्रले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ सम्बोधन गर्दै एक पत्र लेखेर सरकारलार्इ पार्टीका तर्फबाट रहँदै आएको समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय यसअघि नै गरिसकेको एक वरिष्ठ नेताले न्युजकोसेलीलार्इ बताए ।

प्रचण्डले हस्ताक्षर गरेको समर्थन फिर्ताको पत्र बोकेर पार्टीका नेता नेता जनार्दन शर्मा मंगलबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । उनी सोही व्यहोराको पत्र बोकेर राष्ट्रपति कार्यालय शीतलनिवास समेत गएको समाचार स्रोतले बतायो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर