newskoseli.Com

माअाेवादीले सरकार छाडेपछि एमाले स्थायी कमिटी बस्दै

सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिनुका साथै मन्त्रीपरिषदबाट नेकपा (माओवादी केन्द्र) फिर्ता भर्इ सरकार अल्पमतमा परेपछिको अवस्थाबारे छलफल गर्न मंगलबार साँझ नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ ।

सरकारको नेतृत्वकर्ता एमालेले सत्ता साझेदार माओवादीको सो निर्णयबारे स्थायी कमिटीको बैठकपछि मात्रै आधिकारिक प्रतिक्रिया दिने जनाएको छ । माओवादीले सरकारबाट फिर्ता हुने पत्र दिएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य केही मन्त्री तथा पूर्वसभामुख सुवास नेम्वाङलगायतसँग अनौपचारिक छलफल गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक बस्ने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर