newskoseli.Com

टुटेफुटे–भत्केका संगठन जोड्यौं, अब गति लिनुपर्छ : शर्मा

नेकपा माओवादी केन्द्रका नेता एवं बुद्धिजीवी फ्र्याक्सन इन्चार्ज दिनानाथ शर्माले टुटेफुटेका र भत्किएका माओवादी घटक तथा जनसंगठनहरुलाई फेरि एक ठाउँमा ल्याउन सफल भइएकोमा सन्तोष प्रकट गरेका छन् ।

विभिन्न माओवादी घटकहरुबीचको एकतापछि गठित नेकपा माओवादी केन्द्र आबद्ध बुद्धिजीवी संगठनहरुको एकता भेलाका निर्णय सार्वजनिक गर्न मंगलबार राजधानीस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा शर्माले सो कुरा बताएका हुन् । उनले वामपन्थी बुद्धिजीवीहरुलाई एकजुट हुन आह्वान समेत गरेका छन् ।

माओवादी केन्द्र निकट विभिन्न बुद्धिजीवी संगठनहरु मिलेर गठन भएको नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले गति लिने विश्वास व्यक्त गर्दै शर्माले भने– ‘भत्किएका संगठनहरुलाई एक ठाउँमा ल्याउन पार्टी सफल भएको छ ।’ बुद्धिजीवीहरुले तीव्र गतिमा काम गर्नुपर्नेमा शर्माले जोड दिए ।

असार २६ गते राजधानीमा सम्पन्न ५ वटा बुद्धिजीवी संगठनहरुबीचको एकता भेलाले नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन गठन गरेको हो ।

कार्यक्रममा संगठनका अध्यक्ष नरेश भण्डारीले प्रादेशिक भेलाहरु समेत साउनभित्रै सक्नेगरी तयारी थालिएको जानकारी दिए । राज्यले बुद्धिजीवीलाई सधैं सत्तादेखि बाहिर राखेर गल्ती गरेको उल्लेख गर्दै भण्डारीले भने– ‘बुद्धिजीवीलाई सत्तामा प्रत्यक्ष रुपमा सहभागी गराइनुपर्छ ।’

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भेलाका ५ वटा मुख्य निर्णयहरु उल्लेखिछ छन् । नेपाल बुद्धिजीवी संगठन, क्रान्तिकारी बुद्धिजीवी विङ, राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठन र राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठन नेपाल र क्रान्तिकारी बुद्धिजीवी संगठनबीचको संयुक्त एकता भेलाले भण्डारीको अध्यक्षतामा ३ सय २५ सदस्यीय नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन गठन गरेको हो ।

पुसमा संगठनको राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि भेलाले गरेको छ । त्यस्तै भेलाले संगठन, आर्थिक, अन्तर्राष्ट्रिय, अध्ययन, अनुसन्धान तथा अन्वेषण, सरकार–सदन–समन्वय, प्रचारप्रसार तथा प्रकाशन, स्कुलिङ, स्वास्थ्य, अनुशासन तथा अनुगमन र विज्ञान, प्रविधि तथा जलवायु विभागहरु गठन गरेको पत्रकार सम्मेलनमा बताइयो ।

संगठनको उपाध्यक्षमा नन्दकुमार थापा, महासचिवमा कृष्ण केसी, सचिवमा गुणराज गौतम र कोषाध्यक्षमा भीमसेन गौतम चयन भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर