newskoseli.Com

ओलीले राजीनामा नदिने अविश्वासको प्रस्ताव अाए संसदमै सामना गर्ने

CPN-UML Chairman Kp Sharma Oli shaking hands with MJF-D Chairman Bijaya Kumar Gachhadar during a meeting with leaders of Madhesi front in Sanepa, Lalitpur on Tuesday. Courtesy: Ananda Man Dangol

नेकपा माओवादी केन्द्र बाहेकका सत्तारुढ दलहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नगर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ सकिएको बैठकमा सहभागी दलका नेताहरुले प्रधानमन्त्री ओलीलाई साथ दिन तयार भएपछि यस्तो निर्णय गरिएको बैठकमा सहभागी एक नेताले बताए । माओवादी केन्द्र बाहिरिएपछि सत्तामा रहेका ठूला दलहरु राप्रपा नेपालका अध्यक्ष कमल थापा र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री ओलीलाई साथ दिने बताए।

थापा र गच्छदारको सहमतिमा अन्य साना दलहरुले समेत सहमति जनाएपछि प्रधानमन्त्री ओलीले राजीनामा नदिने र संसदीय प्रक्रियामा सहभागी हुने निर्णय भएको छ । प्रधानमन्त्रीले राजीनामा नदिए संसद्मा विश्वासको मत लिनुपर्ने बैधानिक प्रक्रिया अघि बढ्ने देखिएको छ । माओवादी केन्द्रको हेडक्वार्टर बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर