newskoseli.Com

देउवा भन्छन्– ओलीको राजीनामा पर्खिरहेछौं

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अल्पमतमा परेकाले आफूहरू प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिने विश्वासका साथ प्रतीक्षारत रहेको बताएका छन् ।

बुधबार बसेको नेकां संसदीय दल तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको संयुक्त बैठकबाट बाहिरिने क्रममा देउवाले आफूहरू ओलीको राजीनामा पर्खिरहेको प्रतिक्रिया दिएका हुन् ।

बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको थियो । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सभापति देउवाले ‘एमालेले त प्रधानमन्त्री पदका लागि तपार्इंलाई प्रस्ताव एवम् समर्थन गर्दैछ रे नि होइन ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै भने– ‘अब त्यो प्रस्ताव ढिलो भइसक्यो ।’ देउवाको यो भनाइले प्रधानमन्त्री पदका निम्ति कांग्रेले माओवादी अध्यक्षलार्इ अघि सार्ने सहमति गरिसकेको स्पष्ट संकेत गरेको छ ।

संविधान कार्यान्वनका लागि दलहरुबीच सहमति र सहकार्य आवश्यक भएकामा देउवाले जोड दिए । कांग्रेस दोस्रो संविधानसभाको निर्वाचनमा सदनको पहिलो पार्टीका रूपमा निर्वाचित भएको थियो । संसदमा कांग्रेसको २ सय ७ सिट छ ।

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) ले मङ्गलबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्न कांग्रेस र माओवादीका बीच सहमति भइसकेको व्यापक चर्चा छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर