newskoseli.Com

दाहालको प्रस्ताव र देउवाको समर्थनमा ओलीविरूद्ध दर्ता भयो अविश्वासको प्रस्ताव

नेकपा (माओवादी केन्द्र) ले सरकारका विरुद्ध व्यवस्थापिका–संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको छ । बुधबार नयाँबानेश्वरस्थित संसद् भवनमा दर्ता गराएको सो प्रस्तावको प्रस्तावकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समर्थकमा नेपाली कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा रहेका छन् ।

अविश्वासको प्रस्तावमा कांग्रेस र माअाेवादीका २ सय ५५ सांसदले हस्ताक्षर गरेका छन् । अध्यक्ष दाहालसहित कांग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र माअाेवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले व्यवस्थापिका–संसदका महासचिव मनोहरप्रसाद भट्टराईसमक्ष सो प्रस्ताव दर्ता गराएका हुन् ।

कांग्रेस प्रमुख सचेतक श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नैतिक सङ्कटमा परेको भन्दै प्रधानमन्त्रीसाग राजीनामा माग गरेका छन् । माअाेवादीका प्रमुख सचेतक पाण्डेले प्रम ओलीले पदबाट राजीनामा दिई नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने माग गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर