newskoseli.Com

कांग्रेस र माअाेवादीले सरकारलार्इ भने– राष्ट्रिय महत्वका र दीर्घकालीन निर्णय नगर

केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेर कामचलाउ सरकारमा बदलिएको अनि आउँदो हप्ता नयाँ सरकार बनिसक्ने पक्का भएको जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न वर्तमान सरकारको ध्यानाकर्षण गराएका छन् ।

संविधान र प्रचलित कानुन बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति विश्वास छैन भनी व्यवस्थापिका–संसदभित्र रहेका १३ वटा राजनीतिक दलले असार २९ गते अविश्वासको प्रस्ताव दर्ता गरिसकेपछिको विकसित परिस्थितिमा दुई ठूला दलले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सत्तासाझेदार दोस्रो ठूलो दल माओवादी केन्द्रले वर्तमान सरकारबाट समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेर कामचलाउ सरकारमा बदलिएको पनि दुबै दलले स्पष्ट पारेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर