newskoseli.Com

सरकार ढलेकोमा मधेशीहरु खुसी : लक्ष्मणलाल कर्ण

नयाँ संविधानलाई लिएर असन्तुष्टि जनाउँदै आएको आन्दोलनरत मधेसी मोर्चाले केपी अाेली नेतृत्वकाे सरकार ढलेकाेमा खुशी व्यक्त गरेकाे छ । माेर्चाले सरकारमा जान माओवादी र कांग्रेससँग केही सर्तहरू समेत अघि सारेको छ ।

मधेस आन्दोलनमा उठेका माग सम्वोधनमा बाहिर सर्त देखिएपनि भित्री सर्त फोरम लोकतान्त्रिक नेता विजय कुमार गच्छदारलाई सत्ता बाहिर राख्ने रुपमा अघि आएको छ ।

मधेसी गठबन्धनका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भटेर गच्छदारलाई सरकारमा ल्याए आफुहरु सहभागि नहुने बताएका छन् ।

स्रोतका अनुसार संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले याे मागलाई मोर्चाको अडानका रुपमा अघि सारेका छन् । ‘मधेस आन्दोलन दवाबाउन पनि गच्छदारको भूमिका रह्यो अहिलेको सरकार बनाउने कुरामा पनि उनले असहयोग गरिरहेका छन् ’ यस्ताे अवस्थामा उनि  नयाँ सरकारमा सहभागि हुने हाे भने हामि सरकारकाे सहयात्री बन्नुकाे कुनै तुक रहदैन, मधेशि एक नेताले भने ।

प्रचण्डसँग राखेको कुरा उदृत गर्दै एक नेताले भने, ‘मधेसी, थारु समुदायका मागकाे समस्या भन्दा सत्तालाई केन्द्रमा राखेकाले गच्छदारलाई सरकारमा ल्याए हामी सहभागि हुने छैनौ । ’ केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन भई कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकार बनेको अवस्थामा सहभागी हुने संकेत मोर्चाले दिइसकेको छ ।

‘केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो, हामी ओलीको विपक्षमा मत हाल्छौं । मधेसी मर्दा आँप झर्यो भन्ने सरकार ढल्दा यतिबेला खुसी छु, म भर्खर मधेसबाट आएको छु, सरकार ढलेकोमा मधेसीहरु खुसियाली मनाइरहेका छन्,’ सदभावना नेता लक्षण कर्णले बिहीबर रिपोटर्स क्लबकाे सात्क्षातकार कार्क्रममा  भनेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर