
काठमाडौँ, १६ वैशाख । विसं २००८ देखि २०७० सम्म प्रकाशित नेपाल राजपत्रलाई अब वेबसाइटमा पनि हेर्न सकिने भएको छ ।
विभागको वेवसाइट www.dop.gov.np बाट आफूलाई जानकारी लिन चाहेको जुनसुकै नेपाल राजपत्रलाई हेर्न सकिन्छ ।
विभागले विसं २००८ साउन २३ गतेदेखि २०७० को अन्त्यसम्मका लागि एक लाख २० हजार राजपत्रलाई अभिलेखीकरण गरिसकेको छ ।