newskoseli.Com

आगलागीले १० घर नष्ट

प्यूठानका भिन्दाभिन्दै दुई स्थानमा भएको आगलागीबाट १० घर जलेर नष्ट भएका छन् । प्यूठान नगरपालिका–१६ आँपडाँडामा बुधबार दिउँसो १२ बजेपछि लागेको आगोबाट घर जलेका हुन् ।

घरका साथै घटनामा आधा दर्जनभन्दा धेरै गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो नियन्त्रणमा लिने क्रममा स्थानीयवासी तीन जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइ रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

घटनाको क्षतिका विषयमा आज अध्ययन गरिने उनले बताए । सुख्खा मौसम र आगलागी स्थानमा स्थानीय युवा कमीले गर्दा आगो नियन्त्रणमा लिन समय लागेको स्थानीयवासीले बताए । दिनभर लागेको आगो जिल्ला दैवी प्रकोप उद्धार समितिका साथै प्रहरी, नेपाली सेना, रेडक्रस, स्थानीयवासी र विद्यार्थीले साँझ ८ बजेपछि मात्रै नियन्त्रणमा लिन सफल भएका थिए ।

अग्निपीडितका लागि बुधबार आफन्तसँग बस्ने व्यवस्था गरिएको र बिहिवार मात्र राहात वितरण गरिने प्रजिअ कुरुम्बाङले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर