पोखरामा बाग्लाे तुँवालोका कारण हवाई उडान प्रभावित बनेको छ । केही दिनदेखि पोखराको आकाशमा बाक्लो तुवाँलो लागेका कारण भिजिविलिटी राम्रो नुहदाँ अल्ट्राफ्लाइट र प्याराग्लाइडिङसँगै हवाई उडान पनि प्रभावित बनेको छ।
तुवाँलोकै कारण बुधबार दिनभरको उडान ठप्प भएको पोखरा विमानस्थलबाट बिहीबार पनि उडान हुने सम्भावना नरहेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ । बिहीबार पनि बिहानैदेखि आकाशमा बाक्लो तुवाँलो देखिएको पोखरा विमानस्थल प्रमुख दिपक बरालले बताए ।
‘बुधबार पोखरा–काठमाडौं–पोखरा तथा पोखरा–जोमसोमका उडान सबै रद्द भए’ बरालले भने–हिजो मौसम खुलेमा उडान हुने प्रतिक्षामा वसेका यात्रुहरुलाई घर फर्काउनुपुर्यो, आजपनि उडानको सम्भावना देखिएको छैन ।
पोखरा विमानस्थलबाट बुद्ध, तारा, यति र सिम्रिक एयरले दैनिक उडान भर्दै आएका छन् ।
पर्यटकीय नगरी पोखरामा विषेशगरी विदेशी पर्यटकसँगै स्वदेशी नागरिकले पनि हवाई सेवा लिँदै आएका छन् । माैसमविद्का अनुसार पोखराको आकाशमा लागेको तुँवालाे, ठूलो पानी नपरेसम्म तत्काल हट्ने सम्भावना एकदम कम छ।