newskoseli.Com

स्वास्थ्यलाभ गरी २ दिनमा घर जाँदै शशांक

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्य क्रमिक सुधार भएकाले उनी २ दिनपछि घर जान सक्ने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

डा. हरिश जोशीले भने– “अहिले उहाँको स्वास्थ्य स्थिति ठीक छ । नशाबाट औषधि दिनुपर्ने र चिकित्सकको निगरानी राख्नुपर्ने भएकाले उहाँलाई अस्पतालमा राखिएको हो ।” डा. जोशीले २ दिनमा औषधिको मात्रा पूरा हुने र त्यसपछि कोइरालालार्इ घर पठाइने जानकारी दिए । महामन्त्री कोइरालाले साधारण खानपान गरिरहेका छन् । उनको उच्च रक्तचाप, मुटुको धड्कन र युरिनको मात्रा पनि सामान्य अवस्थामा आइसकेको डा। जोशीले बताए । महामन्त्री कोइरालाको स्वास्थ्य अकस्मात् गम्भीर भएपछि उनलाई असार २१ गते ओम अस्पतालमा भर्ना गरिएको थियो । अचेत अवस्था रहेका उनलाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।

उनको उपचारमा नेपालका ख्यातिप्राप्त चिकित्सको टोली खटिएको थियो । डा. कोइरालाको उपचारमा उनकी पत्नी डा. सुपात्रा कोइराला, डा. अर्जुन कार्की, डा. भगवान् कोइराला, डा. युएन पाठक, डा. लब जोशी, डा. श्याम महर्जन, डा. सुवास आचार्य, डा. महेश भट्टराई, डा. रविन्द्र श्रेष्ठ, डा. रावल पाठक, डा. पीके क्षेत्री, डा. हरिकिशोर श्रेष्ठ, डा. हरिश जोशीलगायत १५ भन्दा बढी चिकित्सकको टोली सक्रिय थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर