newskoseli.Com

‘बेरोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान’ ले सुरु गर्याे आमरण अनसन

वैशाख १६, काठमाडाैं । योग्यता, क्षमता, सीप र दक्षताअनुसारको रोजगारीको ग्यारेन्टी हुनुपर्ने, बेरोजगारी अन्त्य हुनुपर्ने लगायतका विभिन्न ६ बुँदे माग राख्दै राजधानीको खुल्लामञ्चमा ‘वेरोजगारी र समृद्धिका लागि आर्थिक क्रान्तिको अभियान’ले बुधबारदेखि आमरण अनसन सुरु गरेको छ ।

आभियानको आमरण अनसनलाई समर्थन जनाउन वावुराम भट्टराई नेतृत्वको नयाॅ शक्तिका तर्फवाट प्रवक्ता देबेन्द्र पौडेल अनशनस्थल पुग्नुभएको थिए।

आज एमाओवादी परित्यागको घोषणा गरेका युवा नेता चन्द्रबहादुर थापा ‘सागर’को नेतृत्वमा सुरु भएको आमरण अनसनमा अनुषा राई, जिविता आचार्य, लक्ष्मी स्याङ्तान, मञ्जु गौतम, अजित झा, दावा शेर्पा, निरज पुन, भरत लामिछाने, महेश नेपाल, रियाज पौडेल र ज्ञानदेव विष्ट सहभागी छन् ।

शान्ती, समृद्धि र रोजगारी मुल नारा रहेको कार्यक्रमको औपचारिक घोषणामा यो स्वतन्त्र सामाजिक अभियान भएको र कुनै जाती,धर्म,क्षेत्र ,राजनितिक दलको नभई सिंगो राष्ट निर्माणकै अभियान भएकाले यो संघर्षलाई निष्कर्ममा पुर्याउन सवैको सहयोगको अपेक्षा गरिएको छ अभियानले भनेकाे छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर