newskoseli.Com

हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल छिरेपछि चार प्रहरी फिर्ता बोलाइयो

डोटीमा हतियारसहित भारतीय सुरक्षाकर्मी पक्राउ परेपछि लापर्वाही गरेको भन्दै पश्चिमी सिमा नाका गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका चारजना प्रहरीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ ।

प्रहरी नायब निरीक्षक उमेश पाल, प्रहरी सहायक निरीक्षक खगेन्द्र भाट, एक प्रहरी हवल्दार र एकजना जवानलाई जिल्ला फिर्ता बोलाइएको हो ।

“चेकजाँच कार्य प्रभावकारी बनाउन नसकेको र लापर्वाही गरिएको कारण चारैजनालाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएका छौँ”, प्रहरी नायब उपरीक्षक केदार खनालले भने । फिर्ता बोलाइएका प्रहरीको सट्टा अन्यलाई खटाइने भएको छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर